ट्रेण्डिङ

होमपेज / समाज

थप ५३१६ जनामा कोरोना संक्रमण पुष्टि, १०१ जनाको मृत्यु

नेपालगाथा २०७८ जेठ १९ गते बुधबार १७:२७:५३ मा प्रकाशित

 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७ हजार २१९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या बढ्दो क्रममा रहेको छ ।

कोरोना भाइरस संक्रमणबाट आज बुधबार १०१ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा ५ लाख ७९ हजार ६५९ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ६१ हजार ५६३ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ५५५ जनाको मृत्यु भएको छहाल देशभर १ लाख १ हजार ९९३ जना संक्रमित आइसोलेसनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top