ट्रेण्डिङ

होमपेज / समाज

मानवअधिकार तथा शान्ति समाज सुर्खेतद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

नेपालगाथा २०७८ जेठ १९ गते बुधबार ११:१९:०८ मा प्रकाशित

सुर्खेत । मानवअधिकार तथा शान्ति समाज सुर्खेतले वीरेन्द्रनगर नगरपालिकामा संचालन गरेकाे काेभिड आइसाेलेसन अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकाे छ ।

 मानवअधिकार तथा शान्ति समाजकाे २६औँ स्थापना दिवसकाे अवसरमा मानवअधिकार तथा शान्ति समाज सुर्खेतले संकलन गरेकाे स्वास्थ्य सामाग्री समाजका केन्द्रीय सचिव पुष्पा मल्लले नगर प्रमुख देवकुमार सुवेदीलाई हस्तान्तरण गर्नुभएकाे हाे।

कोभिड अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरुकाे संक्रमितको उपचारका क्रममा सुरक्षा, सम्मान र मनोबललाई उच्च बनाउन प्रयोग गर्ने स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएकाे मानवअधिकार तथा शान्ति समाज सुर्खेतका उपसभापति एवम् स्वास्थ्य सामग्री हस्तान्तरण समितिका संयोजक प्रेम भण्डारीले बताउनुभयाे ।

 मानवअधिकार तथा शान्ति समाज सुर्खेतद्वारा काेभिड अस्पताल वीरेन्द्रनगर –७ सुर्खेतलाई हस्तान्तरण गरिएकाे सामानकाे  िववरण:

1. Face Shield (100 *150= 15000/-)

2.Shoes Cover (125*35= 4375/-)

3.OT Cap (200*8 =1600/-)

4.Mask  (2(BOX) * 450 =900/-)

                     Total= 21,875/-

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top