होमपेज / समाज
काठमाडौँ । आज देशका केही स्थानमा चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज प्रदेश १ लगायत देशका पहाडी भू–भागका केही स्थानमा र तराईका केही भू–भागमा मेघगर्जन÷चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बङ्गाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ ।
प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी स्थानमा आंशिक बदली रहने विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ । आज राति प्रदेश १ लगायत देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा आंशिक बदली रहने विभागले जनाएको छ । प्रदेश १ लगायत पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यसैगरी बिहीबार दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।