ट्रेण्डिङ

होमपेज / समाज

तीन देशका लागि हवाइ उडान खुला गर्ने सरकारको निर्णय

नेपालगाथा २०७८ जेठ १८ गते मंगलबार २०:४२:३९ मा प्रकाशित

काठमाडौं । सरकारको निर्णयअनुसार तीन देशका लागि हवाइ उडान खुला भएको छ। जेठ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार मंगलबारदेखि लागू हुने गरी चीन, टर्की र कतारका लागि उडान खुला भएको हो। यस्तै, भारतमा हुँदै आएको उडान पनि निरन्तर हुने छ। जसअनुसार अब हरेक हप्ता ५ वटा नियमित उडान हुनेछन्। चीन, टर्की र कतारका लागि हप्तामा १–१ तथा भारतका लागि हप्तामा २ वटा उडान हुनेछन्। 

राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाइन्सले हप्तामा २ वटा नियमित उडान भर्ने भएको छ। नेपाल एयरलाइन्सले हरेक हप्ताको सोमबार काठमाडौं– दोहा–कतार–काठमाडौं उडान भर्ने छ। यस्तै, हरेक हप्ताको बुधबार काठमाडौं–दिल्ली – काठमाडौं उडान भर्ने छ। यस्तै, टर्किस एयरलाइन्सले हरेक बिहीबार इस्तानबुल–काठमाडौं– इस्तानबुल उडान भर्ने छ।

कतार एयरवेजले हरेक हप्ताको सोमबार दोहा–काठमाडौं–दोहा उडान भर्ने छ। एयर इन्डियाले हरेक हप्ताको शुक्रबार दिल्ली– काठमाडौं– दिल्ली उडान भर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिए पछि सरकारले वैशाख तेस्रो सातादेखि हवाई उडानहरु रोकेको थियो। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top