ट्रेण्डिङ

होमपेज / समाज

२२ वर्षकै उमेरमा शाखा अधिकृत रजनी

‘गाइड बुक’ मा जे छ त्यही लेख्न खोज्नुभन्दा विषयप्रति आफ्नो बुझाइ र धारणा स्पष्ट बनाउन जरुरी हुन्छ ।

नेपालगाथा २०७८ जेठ १८ गते मंगलबार १६:४८:११ मा प्रकाशित

जुन दिन सेन्ट जेभियर्स कलेजबाट पत्रकारिताबाट स्नातक तह उत्तीर्ण गरेँ।  त्यसैदिन मैले निर्णय गरेँ, निजामती सेवालाई आफ्नो ‘करिअर’ का रूपमा अँगाल्नेछु । सानैदेखि मलाई समसामयिक विषयवस्तुमा रुची थियो, त्यही कारणले गर्दा नै होला मलाई लोकसेवा प्रति तृष्णा जाग्यो । यही तृष्णाले मलाई लगनशील बनायो  ।

तयारीका सम्पूर्ण चरणमा पढाइलेखाइमा मलाई कहिल्यै बोझको आभास भएन । परिवारमा निजामती सेवाको माहोल पनि भएको भएर होला मलाई यसप्रति लगाव थियो । निजामती सेवाको गरिमा र सम्मानप्रति म सधैँ उत्साहित थिएँ । यसमा प्रवेश गरेर आफ्नो पेशागत विकास तथा समाज र देशका लागि योगदान दिन सकिन्छ भन्ने बोध गरेकी थिएँ । म बाल्यकालदेखि नै कुनै पनि नयाँ विषयवस्तुप्रति जिज्ञासा राख्थेँ ।

पत्रकारिता विषय पढेकाले पत्रकारिताका अवधारणाले मलाई धेरै सहयोग गर्‍यो । कुनै पनि विषयका आयाम खोतल्न सहयोग गर्‍यो । जस्तो पत्रकारितामा ‘पाँच–डब्लु, एक एच’ को अवधारणा छ ।यसले कुनै पनि घटना के, कहाँ, कहिले, किन, को र कसरी भयो भन्ने अवधारणा दिन्छ ।

आफू जन्मेको समाजका बारेमा जानकारी राख्नुपर्छ भन्ने लाग्थ्यो । पत्रकारिता विषय पढेकाले पत्रकारिताका अवधारणाले मलाई धेरै सहयोग गर्‍यो । कुनै पनि विषयका आयाम खोतल्न सहयोग गर्‍यो । जस्तो पत्रकारितामा ‘पाँच–डब्लु, एक एच’ को अवधारणा छ ।यसले कुनै पनि घटना के, कहाँ, कहिले, किन, को र कसरी भयो भन्ने अवधारणा दिन्छ । २२ वर्षमा नाम निकालेँ मैले पहिलोपटक २२ वर्षको उमेरमा लोकसेवाको परीक्षा दिएकी थिएँ । त्यसको एक वर्षपछि नाम निकालेँ । धेरैले कम उमेरमै नाम निकालेको भन्थे । तर, मलाई लाग्थ्यो,उमेर भनेको अंक न हो, आफ्नो क्षमता र सोच भयो भने उमेरले छेक्ने भन्ने हुँदैन जस्तो लाग्छ ।

मेरो अनुभवमा लोकसेवा आयोगको तयारी गर्दा लोकसेवाको ‘गाइड बुक’ मा जे छ त्यही लेख्न खोज्नुभन्दा पनि विषयप्रति आफ्नो बुझाइ र धारणा स्पष्ट बनाउन जरुरी हुन्छ ।

सानै उमेरमा निजामती सेवामा प्रवेश गर्ने युवाहरूमा निजामती सेवाप्रति एक किसिमको अपनत्व र लगाव हुन्छ जस्तो लाग्छ । विषयप्रतिको धारणा स्पष्ट हुनु अतिआवश्यक हुन्छ । मेरो अनुभवमा लोकसेवा आयोगको तयारी गर्दा लोकसेवाको ‘गाइड बुक’ मा जे छ त्यही लेख्न खोज्नुभन्दा पनि विषयप्रति आफ्नो बुझाइ र धारणा स्पष्ट बनाउन जरुरी हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top