ट्रेण्डिङ

होमपेज / समाज

उपचारमा कुनै कमजोरी नगर्न अध्यक्ष तिमिल्सिनाको निर्देशन

नेपालगाथा २०७८ जेठ १७ गते सोमबार १९:४५:१९ मा प्रकाशित

काठमाडौं ।  राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जिल्लामा कोरोना सङ्क्रमितको उपचार र रेखदेखमा कुनै कमजोरी नगर्न निर्देशन दिनुभएको छ । 

सोमबार गृह जिल्लामा आउनुभएका अध्यक्ष तिमिल्सिनाले मानवीय जीवन सबैभन्दा अमूल्य रहेको बताउँदै कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने तर्फ सजग हुन आग्रह गर्नुभयो । जिल्ला प्रशासन कार्यालयमा पुगेर डिसीसीएमसीसँग जिल्लाको समग्र कोभिड–१९ को अवस्थाबारे जानकारी लिँदै उहाँले आवश्यक निर्देशन समेत दिनुभएको हो । उहाँले अहिलेसम्मको व्यवस्थापन सन्तोषजनक रहेको बताउँदै महामारी अझै बढ्न सक्ने भएकाले तयारी व्यापक बनाउन आग्रह गर्नुभयो । 

तिमिल्सिनाले पर्वतको समग्र स्वास्थ्य अवस्थाका बारेमा जानकारी समेत लिनुभएको थियो । उहाँले महामहारी जुनसुकै बेला पनि आउन सक्ने भएकाले दिर्घकालीन योजनाहरु बनाएर अघि बढ्न आग्रह गर्नुभयो । तिमिल्सिनाले विकास निर्माणका कामलाई निरन्तरता दिन समेत आग्रह गर्दै कोभीडका कारणले काम हुन नसकेर बजेट फ्रिज हुन नदिने बातावरण बनाउन निर्देशन दिनुभयो । तिमिल्सिनाले पालिका र सदरमुकाममा बन्ने स्वास्थ्य पूर्वाधाहरुलाई अस्थायी नभई स्थायी प्रकृतिका बनाउन समेत निर्देशन दिनुभएको प्रमुख जिल्ला अधिककारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो । 

अध्यक्ष तिमिल्सिनाले निर्माणाधीन पर्वत अस्पताल र आइसोलेशन बोर्डको समेत अवलोकन समेत गर्नुभएको थियो । उहाँले सबै स्थानीय तह र निकाय एकजुट भएर काम गर्न समेत आग्रह गर्नुभयो । कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि कुनै जनशक्ति वा औषधी उपकरण अभाव भएमा आफुलाई खबर गर्न समेत तिमिल्सिनाले आग्रह गर्नुभयो । सो अवसरमा समग्र जिल्लाको अवस्थाका बारेमा प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी गराउनुभएको थियो भने कोभिड–१९ को व्यवस्थापनको बारेमा स्वास्थ्य कार्यालय पर्वतले जानकारी गराएको थियो ।  
पर्वतमा दोस्रो लहरको कोरोना भाइरसबाट एक हजार दुई सय सङ्क्रमित भएकाले छन् भने ४४ जनाले ज्यान गुमाएका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top