ट्रेण्डिङ

होमपेज / समाज

निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ७ सय २० वटा सवारी साधन प्रहरीको नियन्त्रणमा

नेपालगाथा २०७८ जेठ १७ गते सोमबार १७:३४:४३ मा प्रकाशित

काठमाडौं, १७ जेठ विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ७ सय २० वटा सवारी साधनलाई प्रहरीले
नियन्त्रणमा लिएको छ । तीमध्ये १ हजार ३० वटा गाडी र १ हजार ६ सय ९० वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ
पश्चात छोडिने गरिएको छ ।

साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ६ सय ९७ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्यामन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ३ सय १५ जनालाई कोभिड-१९ सङ्कटव्यवस्थापन अध्यादेश, २०७८ बमोजिम ९१ हजार ४ सय रुपैयाँ जरिवाना गरिएको छ । साथै३ हजार ३ सय २४ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित ८९ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत ७ हजार ३ सय५३ जनालाई सचेत गराइएको छ ।

निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेततिब्रता दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top