ट्रेण्डिङ

होमपेज / समाज

चिनियाँ खोप लिन आज नेपाल वायुसेवा निगमको जहाज बेइजिङ जाँदै

नेपालगाथा २०७८ जेठ १७ गते सोमबार ०९:३५:२४ मा प्रकाशित

काठमाडौँ । कोरोना भाइरसविरुद्धको चिनियाँ खोप लिन आज नेपाल वायुसेवा निगमको जहाज बेइजिङ उड्ने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोगको लागि प्रदान गरेको खोप लिन आज राति ११ बजे नेपाल एयरलाइन्सको चार्टर विमान बेइजिङ उड्न लागेको हो । सोमबार राति उडेको विमान मंगलबार राढे २ बजे खोप लिएर फर्किने छ ।

गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी एवं अन्य विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको संयुक्त छलफलमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए । जसमध्ये मंगलबार ८ लाख डोज खोप नेपाल एयरलाइन्सले ल्याउने तयारी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top