ट्रेण्डिङ

होमपेज / समाज

प्रदेश प्रमुखबाट गणतन्त्र दिवसको शुभकामना

नेपालगाथा २०७८ जेठ १५ गते शनिबार १०:०२:०२ मा प्रकाशित

भरत बिसी, सुर्खेत। कर्णाली प्रदेशका प्रदेश प्रमुख गाेविन्दप्रसाद कलाैनीले १४औं गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण ज्ञात-अज्ञात सहीदहरूप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्नुभएकाे छ । प्रदेश प्रमुख कलाैनीले शुभकामना सन्देश प्रकाशन गर्दै कर्णाली प्रदेशबासी तथा सम्पूर्ण नेपालीजनमा सुस्वास्थ्य र शान्तिको शुभकामना व्यक्त गर्नुभएकाे छ ।

प्रदेश प्रमुख कलाैनीले यस दिवसले सबै नेपालीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकताको सूत्रमा अझ बलियो गरी बाँध्ने अपेक्षा गरेको बताउनु भएकाे छ । 

महामारीको रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९) विरुद्धको लडाइमा अग्रपङ्क्तिमा खटिनुभएका योद्धाहरू प्रति उच्च सम्मान व्यक्त गर्दै सङ्क्रमणलाई फैलन नदिन सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड तथा निर्देशनको पालना गर्न सबैमा प्रदेश प्रमुख कलाैनीले प्रेस विज्ञप्ति मार्फत आह्वान गर्नुभएकाे छ ।

जननिर्वाचित ऐतिहासिक संविधानसभाको पहिलो बैठकले बि.सं.२०६५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको दिनको स्मरण गर्दै प्रत्येक वर्ष गणतन्त्र दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top