ट्रेण्डिङ

होमपेज / समाज

बेलायत सरकारले नेपाललाई सहयोग गरेका स्वास्थ्य सामग्रीहरू काठमाडौँ आइपुग्यो

नेपालगाथा २०७८ जेठ १४ गते शुक्रबार १५:११:२६ मा प्रकाशित

काठमाडौँ । बेलायत सरकारले नेपाललाई सहयोग गरेका स्वास्थ्य सामग्रीहरू काठमाडौँ आइपुगेको छ । २६० भेन्टिलेटर, १९ हजार २ सय थान फेससिल्ड लगायतका स्वास्थ्य सामग्री शुक्रवार बिहान चार्टर्ड उडानबाट काठमाडौँ ल्याइएको हो । ती सामग्रीहरू शुक्रवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सोही उडानबाट च्यारिटी संस्था नेपाल मेड युकेले प्रदान गरेको अक्सिजन कन्सन्ट्रेटर पनि ल्याइएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top