ट्रेण्डिङ

होमपेज / समाज

मप विश्वविद्यालयमा दरखास्त आह्वानकाे म्याद थप

Thrilling Opportunities का लागि 25 PHD र Post-PHD Holder को आवेदन म्याद थप

नेपालगाथा २०७८ जेठ १३ गते बिहीबार १३:२२:४८ मा प्रकाशित

भरत वि.सी, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालय सुर्खेतले Thrilling Opportunities का लागि 25 PHD र Post-PHD Holder को आवेदन म्याद थप गरेकाे छ । विश्वविद्यालयका रजिष्ट्रार प्राडा नारायणप्रसाद पाैडेलद्वारा हस्ताक्षरित पत्रमा दरखास्त आह्वान सम्बन्धी म्याद थप गरिएकाे जनाइएकाे हाे । 

कोभिड– १९ को कारणले विश्वव्यापी रुपमा पारेको असरलाई मध्यनजर गर्दै बढी भन्दा बढी Innovative Brain हरुलाई आवेदन भर्ने अवसर प्रदान गर्नका लागि जेष्ठ १३ गते देखि जेष्ठ १९ गतेसम्म १ (एक) हप्ता आवेदन बुझाउने म्याद थप गरिएको रजिस्ट्रार कार्यालयले जानकारी गराएको छ ।

यसअघि जेष्ठ ६ गते मप विश्वविद्यालयकाे रजिष्ट्रार कार्यालयबाट प्रकाशित विभिन्न शैक्षिक तथा प्रशासनिक जनशक्ति आवश्यकता सम्बन्धी सूचना प्रकाशित भएकाे थियाे । तर कोभिड– १९ काे महामारीका कारण देशभर बन्दाबन्दी तथा निषेधाज्ञा जारी भई सम्पूण बैंक तथा वित्तिय संस्थाहरु बन्द रहेको परिस्थितिमा आवश्यक दक्ष जनशक्ति समेत उक्त अवसरबाट बन्चित हुनसक्ने अवस्था भएकोले दिइएको १० दिनको म्याद जेष्ठ १५ गते सकिने हुँदा जेष्ठ १६ गतेदखि जेष्ठ २५ गते सम्म थप १० दिनको आवेदन बुझाउने म्याद थपेकाे मध्यपश्चिम विश्वविद्यालय रजिष्ट्रार कार्यालयले जानकारी दिएकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top