होमपेज / समाज
भरत वि.सी, सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख गाेविन्दप्रसाद कलाैनीले बौद्ध धर्मका प्रवर्तक गौतम बुद्ध (सिद्धार्थ गौतम) को २५६५औँ जन्मजयन्ती- २०७८ को अवसरमा सम्पूर्ण बौद्ध धर्मावलम्बी एवम् समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्नुभएकाे छ ।
अहिंसा, त्याग र विश्वशान्तिको सन्देश दिनुभएका सिद्धार्थ गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति सबै आजकै दिन अर्थात् वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले त्रिसंयोग दिवसका रूपमा बौद्ध धर्मावलम्बीहरू तथा समस्त जगतले उहाँका उपदेश स्मरण गर्दै बुद्ध जयन्ती मनाउने गर्दछन् । हिन्दू धर्मग्रन्थ अनुसार बुद्धलाई विष्णु भगवानको नवौँ अवतार मानेर आज हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गर्ने प्रचलन रहिआएको छ । यस पर्वले आपसी प्रेम, सद्भाव, सहिष्णुता र भातृत्व अभिवृद्धि गर्दै सामाजिक एकता अझै बलियो बनाउन प्रेरणा प्रदान गर्ने अपेक्षा लिएकाे प्रदेश प्रमुख कलाैनीले जारी गर्नुभएकाे प्रेस विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
हाल विश्वभर फैलिएको नोवाेल कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्टबाट आफू बच्न र अरूलाई बचाउन नेपाल सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गर्न पनि प्रदेश प्रमुख कलाैनीले प्रेस विज्ञप्ति मार्फत सबैलाई आह्वान गर्नु भएकाे छ ।
.jpg)