ट्रेण्डिङ

होमपेज / समाज

कोभिसिल्डको दोस्रो डोज खोप लगाउने अवधि फेरि बढ्यो

नेपालगाथा २०७८ जेठ १० गते सोमबार १८:५८:२५ मा प्रकाशित

काठमाडौं । कोभिसिल्डको पहिलो डोज खोप लगाएका ६५ वर्षभन्दा माथिका उमेर समूहलाई दोस्रो डोज खोप १२ देखि १६ हप्ताभित्र दिने तयारी भइरहेकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले चार महिनाभित्र दास्रो डोज खोप दिने तयारी भएको बताएका हुन्् ।

यसअघि पहिलो डोज खोप लगाएकालाई ८ देखि १२ हप्तामा दोस्रो डोज लगाउने निर्णय भएको थियो । नेपालले खरिद गरेको १० लाख डोज खोप भारतबाट आउन नसकेकोले खोप लगाउने अवधि बढेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top