ट्रेण्डिङ

होमपेज / समाज

अमेरिकाले कोरोना भाइरसविरूद्ध लड्न नेपाललाई तीन वटा जहाजमा सामान पठाउने

नेपालगाथा २०७८ जेठ ७ गते शुक्रबार १२:१२:२० मा प्रकाशित

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले कोरोना भाइरसविरूद्ध लड्न नेपाललाई तीन वटा जहाजमा सामान पठाउने भएको छ। अमेरिकी सहयोग नियोग युएसएडले बिहीबार सर्किजल मास्क, फेससिल्ड, पन्जालगायत स्वास्थ्यकर्मीलाई चाहिने अन्य आवश्यक सामग्री पठाउन लागेको जानकारी दिएको छ।

तीन वटा जहाजमध्ये पहिलो जहाज काठमाडौँका लागि उडिसकेको छ। उक्त जहाज दिउँसो २ बजे त्रिभुवन विमानस्थलमा आई पुग्दै छ । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कनले ट्वीट गर्दै नेपाललाई गरिने सहयोगबारे जानकारी दिएका छन्। केही घण्टाअघि गरिएको ट्वीटमा विदेश मन्त्री ब्लिन्कनले नेपाल बढिरहेको कोरोनाको सङ्क्रमणको अवस्थालाई अमेरिकाले द्रुत गतिमा सम्बोधन गरिरहेको बताएका छन्। 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top