होमपेज / समाज
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वसांसद योगनारायण यादवको कोरोना संक्रमणको कारण निधन भएको छ। ५२ वर्षीय यादवको उपचारको क्रममा मेडिसिटी अस्पताल, काठमाडौंमा निधन भएको हो। उनी २०५६ सालमा सांसद निर्वाचित भएका थिए। यादवका दुवै मिर्गौला खराब थिए। मिर्गौला प्रत्यारोपणको तयारीअनुसार उनी अस्पताल भर्ना भएका थिए। उनलाई १४ दिन अघि संक्रमण पुष्टि भएको थियो।