ट्रेण्डिङ

होमपेज / समाज

कोरोना सङ्क्रमणका कारण नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय सदस्य महेन्द्र श्रेष्ठको निधन

नेपालगाथा २०७८ जेठ ५ गते बुधबार १९:०१:४७ मा प्रकाशित

काठमाडौं कोरोना सङ्क्रमणका कारण नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय सदस्य महेन्द्र श्रेष्ठको निधन भएको छ । कोरोना सङ्क्रमणबाट स्वास्थ्यमा गम्भीर समस्य आएपछि उहाँलाई थप उपचारका लागि चितवनको भरतपुर लगिएको थियो ।

नवलपरासी बर्दघाट–सुस्तापूर्वका श्रेष्ठको कोरोनाका कारण मङ्गलबार राति अस्पतालमा मृत्यु भएको उहाँका दाजु संविधानसभा सदस्य जीवन श्रेष्ठले जानकारी दिनुभयो । श्वासप्रश्वासमा समस्या देखिएपछि भरतपुरको चितवन मेडिकल कलेजमा भेन्टिलेटरको सहायतामा उपचारकै क्रममा उहाँको मृत्यु भएको दाजु श्रेष्ठले बताउनुभयो । श्रेष्ठ ब्याडमिन्टन संघ नवलपरासीका पूर्व अध्यक्ष एवं निर्माण व्यवसायीसमेत हुनुहुन्थ्यो ।

कोरोना सङ्क्रमणका कारण हालसम्म नवलपरासी बर्दघाट–सुस्तापूर्वमा ५८ जनाको मृत्यु भइसकेको छ । हाल जिल्लामा एक हजार ९७ जना सक्रिय कोरोना सङ्क्रमित रहेका स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो । चापागाईकाअनुसार पछिल्लो २४ घण्टामा १०७ जना कोरोना सङ्क्रमित थपिदा ९७ जना निको भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top