ट्रेण्डिङ

होमपेज / समाज

कोरोनाबाट एउटै समुदायका नौ जनाको मृत्यु

नेपालगाथा २०७८ जेठ ४ गते मंगलबार १२:५३:५९ मा प्रकाशित

दैलेख । दुल्लु नगरपालिका–१२ गौरीमा कोरोनाबाट एउटै समुदायका नौ जनाको मृत्यु भएको छ । मृतक ६ जनामा कोरोना परीक्षण गरिएको थियो भने अन्य तीन छिमेकीको ज्वरो आउने, शरीर र छाती दुख्ने र रुघाखोकी आउने लक्षणसहित मृत्यु भएको स्वास्थ्यचौकी गौरीका संयोजक रमेश लम्सालले बताए । उनीहरुको परीक्षणविनै बिरामी भएको पाँचदेखि आठ दिनमा मृत्यु भएको बताइएको छ ।

अन्य ६ मध्ये दुई जनाको भारतमा मृत्यु भएको थियो । बाँकी चार जनाको सुर्खेत र दैलेखमै उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य संयोजक लम्सालले बताए । कामका लागि भारत गएका स्थानीयवासी घरमा फर्केसंँगै १५ दिनभित्र नौ जनाको कोरोनाका कारण मृत्यु भएको हो । एउटै टोलमा एक सयभन्दा बढी बिरामी रहेको खबर पाएपछि उपचारका लागि चिकित्सकसहितको टोली लिएर परीक्षणका लागि पुगेको दुल्लु नगरपालिका प्रमुख घनश्याम भण्डारीले बताए । रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top