होमपेज / समाज
काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,२४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ५,२१५ पुगेको छ । २१ हजार ६५३ पीसीआर परीक्षणमा ९१९८ जना र ४३४ एन्टिजेन परीक्षणमा ४९ जना गरी ९,२४७ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा संक्रमितको कुल संख्या ४ लख ६४ हजार २१८ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ५,७६७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या तीन लाख ५५ हजार २२३ पुगेको छ ।