होमपेज / समाज
काठमाडाैं । मन्त्रीपरिषद्को नियमित बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।
सरकारले कोभिड- १९ संक्रमण नियन्त्रणमा देखिएका कानुनी अड्चन हटाउनका लागि अध्यादेश ल्याउने तयारी गरेकाे छ।सरकारी उच्च स्राेतका अनुसार बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीलाई अति शक्तिशाली र विशेष अधिकार दिने गरि अध्यादेश ल्याउने भएको छ ।
स्वास्थ्य सामग्री खरिदमा लाग्ने समय र ल्याउने देश तथा निषेधाज्ञा लगायतका कानुनी व्यवस्थामा परिमार्जन गरेर अध्यादेश ल्याउन लागिएको बताइएको छ ।