ट्रेण्डिङ

होमपेज / समाज

आज देशभर मौसम बदली, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

नेपालगाथा २०७८ जेठ ३ गते सोमबार ०९:२८:२७ मा प्रकाशित

काठमाडौं। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम बदली हुनेछ। स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ। पश्चिमी न्यून चापीय प्रणाली को प्रभावले सोमबार बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

यस्तै, दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति देशभर  सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top