ट्रेण्डिङ

होमपेज / समाज

बिरामीका लागि आवश्यक पर्ने अक्सिजनको व्यवस्था अस्पताल आफैँले गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे निर्देशन

नेपालगाथा २०७८ जेठ २ गते आइतबार १८:२१:५८ मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीका लागि आवश्यक पर्ने अक्सिजनको व्यवस्था अस्पताल आफैँले गर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अक्सिजन खोज्ने काम बिरामीका आफन्तको नभई अस्पतालहरुको हुने बताए ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार  बोल्दै अक्सिजन व्यवस्थापनको जिम्मा अस्पतालको भएकाले संक्रमित वा बिरामीका आफन्तलाई अक्सिजन खोज्नु भनेर अनावश्यक तनाव दिन नपाइने बताए । ‘अस्पतालहरुमा अक्सिजनको अभाव हुँदै गरेको भनी चिकित्सकले बिरामीका आफन्लाई अक्सिजन लिएर आउनसु भनेको सूचना अएको छ’ उनले भने, ‘सम्पूर्ण नर्स, चिकित्सक र स्वास्थ्यकर्मीलाई बिरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याउनुस् भन्ने अनुरोध नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुरोध गर्दछ ।’

डा. गौतमले चीन र मस्कटबाट आइतबार आएको अक्सिजन सिलिन्डर सबै प्रदेशमा क्रमशः वितरण गरिने पनि जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top