ट्रेण्डिङ

होमपेज / समाज

सीसीएमसी बैठक:अत्यावश्यक सामग्री आपूर्ति गर्न निर्देशन

नेपालगाथा २०७८ जेठ २ गते आइतबार १६:१९:२२ मा प्रकाशित

काठमाडौं ।  अक्सिजन प्लान्ट, सिलिन्डर र कोरोनाविरुद्धको खोप तत्काल आपूर्तिको लागि सम्बन्धित निकायलाई अझै तदारुकताका साथ लाग्न  कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले निर्देशन दिएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार बसेको बैठकले महामारी नियन्त्रणमा संक्रामक रोग ऐन २०२० पर्याप्त नभएको भन्दै आवश्यक तयारी गर्न कानून मन्त्रालय र सम्बद्ध निकायलाई भनेको छ ।त्यस्तै, लिक्विड अक्सिजन आपूर्तिका लागि भारतसँग निरन्तर कूटनीतिक पहल पनि भइरहेको उनले बताए ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार हाल महामारी नियन्त्रणका लागि तीन क्षेत्रमा समस्या देखिएको छ ।

‘देशको समस्या स्वास्थ्य प्रणालीलाई एकीकृत ढंगले महामारीविरुद्ध लगाउन जरुरी छ’ उनले भने, ‘अहिलेको हाम्रो व्यवस्थामा स्वास्थ्य मन्त्रालय र त्यस मातहतका अस्पतालहरु छन् । विभिन्न प्रतिष्ठानहरु छन्, जसले झण्डैझण्डै स्वयत्त ढंगले काम गर्छन् । प्रादेशिक अस्पतालहरु छन् र स्थानीय तहले सञ्चालन गर्ने आधारभूत अस्पतालहरु छन् । ती सबैलाई युनिफाइड ढंगले सञ्चालन गर्न हामीलाई केही कानून प्रबन्ध चाहिएको छ ।’

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अक्सिजन, खोपलगायतका अत्यावश्यकीय वस्तुहरुका लागि तत्काल काम थाल्न निर्देशन दिएका छन् ।महामारीविरुद्ध लड्नका लागि केही कानुन आवश्यक परेकाले तयारी गर्न सम्बन्धित निकायलाई भनिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top