होमपेज / समाज
काठमाडौं ।स्वास्थ्यमा समस्या भएर चार दिनअघि छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका कवि, उपन्यासकार एवं चलचित्रकर्मी चेतन कार्कीको आज बिहान निधन भएको छ ।
१९९५ कात्तिक २२ गते स्याङ्जा आरुखर्कमा जन्मेका कार्कीले नेपाली, हिन्दी तथा अङ्ग्रेजी र उर्दू भाषामा थुप्रै कृति प्रकाशन गरेकाे बताइएको छ ।
उनका ‘आत्मा बेचेको छैन’, ‘हनिमुन’ ‘ढलेको गिलास’ र ‘कल्पना टुट चुकी है’, लगायत उपन्यास, ‘जुन निदाउन थाल्यो’ र ‘मायाप्रीतिको चोखो कथा’ गीतसङ्ग्रह, ‘हत्केलाले सधैँ सूर्य छेकिँदैन’, मुक्तकसङ्ग्रह, ‘हो देश मेरो पनि गजलसङ्ग्रहलगायत कृति प्रकाशित छन् ।
कार्कीले ‘विश्वास’, ‘भुमरी’, ‘पहिलो प्रेम’ चलचित्र निर्देशन गरेका थिए । कार्कीका चर्चित गीतमा ‘तीजको रहर आयो बरी लै’, ‘कान्छी हे कान्छी’, ‘बोलाऊँ भने लेक स्वर पुग्दैन, बोलाइरहन हुँदैन’, ‘बुझ्नै सकिनौ आँखाको भाका मेरो’, ‘बहिनीको दया छ भने रोधी घर दाइ नाच्यो नभन’ आदि छन् ।