ट्रेण्डिङ

होमपेज / समाज

चीनबाट प्राप्त १८ हजार अक्सिजन सिलिण्डर तातोपानी आइपुग्यो

नेपालगाथा २०७८ जेठ २ गते आइतबार ११:४८:३७ मा प्रकाशित

काठमाडौँ । चीनबाट नेपाललाई अनुदानमा प्राप्त १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाकामा आइपुगेको छ । अक्सिजन सिलिण्डर बोकेका चिनियाँ गाडी तिब्बतर्फको नाकामा आइपुगेको सरकारका उच्च स्रोतले जनाएको छ । सीसीएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले अक्सिजन सिलिण्डर अभाव हुन नदिन हवाइ र स्थल दुवै मार्ग प्रयोग गरिएको बताएका छन् ।

उपप्रधानमन्त्रीको प्रेस सल्लाहकार गणेश पाण्डेका अनुसार १८ हजार थान सिलिण्डर प्रक्रिया पूरा गरेर काठमाडौँ ल्याउने तयारी छ । तिब्बतको कुति (न्यालम) भन्सारबाट अघि बढेका अक्सिजन सिलिण्डर नेपाललाई चिनियाँ पक्षले हस्तान्तरण गर्नासाथ काठमाडौँ पठाइने भन्सार कार्यालयले जनाएको छ । सामान हस्तान्तरणको सामान्य कार्यक्रमपछि स्वास्थ्य मन्त्रालयको जिम्मा लगाइने भएको छ ।

बांकी अक्सिजन सिलिण्डर, अक्सिजन कन्सर्नटेटर र भेन्टिलेटर लगायतका स्वास्थ्य सामाग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज शनिवार साँझै बेइजिङ उडिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top