ट्रेण्डिङ

होमपेज / समाज

मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर काठमाडौँ आइपुग्यो

नेपालगाथा २०७८ जेठ २ गते आइतबार ०७:५८:४६ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ । गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोगस्वरुप प्राप्त सिलिण्डर निगमको वाइड बडी ए ३३० जहाजले साँझ काठमाडौँ ल्याएको हो ।

अक्सिजन सिलिण्डर लिन निगमको जहाज बिहान मस्कट उडेको थियो । यस्तै चीनको राजधानी बेजिङबाट चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर लिन निगमको वाइड बडी जहाज राति ११ बजे त्यसतर्फ जाने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top