होमपेज / समाज
काठमाडौं । निषेधाज्ञाको कारण राजधानीमा अलपत्र भएकालाई गन्तव्यसम्म पुग्न दिन आज रातिसम्म समय दिने निर्णय जिल्ला प्रशासन कार्यालय काठमाडौंले गरेकाे छ।
राजधानीमा रोकिएका सर्वसाधारणलाई उपत्यका छाड्न आज रातभर अनुमति दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए । ‘अलपत्र परेका सर्वसाधारणलाई उद्दार गर्नको लागि यस्तो निर्णय गरिएको हो’ सीडीओ पराजुलीले भने ।
प्रजिअ पराजुलीका अनुसार बसपार्क र नाकामा अलपत्र परेका सर्वसाधारणलाई गन्तव्यमा पुग्न दिनको लागि उद्दारस्वरुप प्रशासनले यस्तो निर्णय गरेको हो ।