होमपेज / समाज
भरत बि.सी, सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले इस्लाम धर्मावलम्बीहरुको सबैभन्दा ठूलो पर्व ईद–उल–फितर (हिजरी संवत् १४४२) को अवसरमा कर्णाली प्रदेशका विभिन्न ठाउँ र दशैभरी बसोबास गर्ने मुसलमान समुदायमा सु–स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
इस्लामले ईद–उल–फितर र बकर ईद गरि मुस्लिम समुदायका लागि दुईवटा पर्व प्रचलनमा ल्याए अनुसार पहिलो पर्व ईद–उल–फितर अरबी पात्रोको नवौँ महिना रमजानका २९ वा ३० दिनसम्म रोजा (व्रत) राखेको खुसियालीमा मनाउने प्रचलन छ ।
धार्मिक तथा सांस्कृतिक विविधता युक्त नेपालीका यस्ता चाडपर्वले आपसी सद्भाव, सहिष्णुता, भातृत्व र भाइचारा अभिवृद्धि गर्दै पारस्परिक सहयोगलाई थप प्रगाढ तुल्याउँदै सामाजिक एकता अझै बलियो बनाउने विश्वास लिएको प्रेस विज्ञाप्तिमा उल्लेख गरिएको छ ।
बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विशेषता भएको हाम्रो मुलुकमा यस्ता चाडपर्वहरुको अत्यन्तै ठूलो महत्व रहेको छ । यिनको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्नु सबै नागरिकको साझा दायित्व हो । हामीले मनाउने यस प्ररकारका चाडपर्वहरुले फरक –फरक साँस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रेस विज्ञाप्ति मार्फत जानकारी दिनुभएको छ ।
हाल विश्वभर फैलिएको कोभिड–(कोरोना भाइरस) को महामारीबाट आफू बच्न र अरुलाई बचाउन नेपाल सरकारले लागू गरेको स्वास्थ मापदण्ड पालना गर्दै घरमै छुट्टाछुट्टै बसी धार्मिक क्रिर्याकलाप गर्न समेत सबैलार्ई प्रेस विज्ञाप्तिबाट प्रदेश प्रमुख कलौनीले आव्हान गर्नुभएको छ ।
