ट्रेण्डिङ

होमपेज / समाज

कोरोना महामारी नियन्त्रणका लागि राज्यको सबै शक्ति लगााउने प्रधानमन्त्रीकाे निर्णय

नेपालगाथा २०७८ बैशाख ३१ गते शुक्रबार १७:१९:०६ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि राज्यको सबै सामर्थ्य लगाउने बताएका छन् । 

प्रधानमन्त्री पदको शपथ लिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभार ग्रहणका क्रममा अब कोरोना महामारी नियन्त्रणका लागि राज्यको सबै शक्ति लगााउने बताएका हुन।

‘कोभिड–१९ महामारी नियन्त्रणमा सरकारका सबै सामथ्र्य केन्द्रित गरिनेछ । राज्यका सबै अंग यसमा परिचालन गरिनेछ र परिचालित हुन म आग्रह गर्दछु’ उनले भने ।

यसैगरी मुलुकका सबै अक्सिजन उद्योग पूर्ण क्षमतामा चलाउन पनि प्रधानमन्त्री ओलीले आग्रह गरेका छन । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top