ट्रेण्डिङ

होमपेज / समाज

कोभिड-१९ का बिरामीको हेलिकोप्टरमार्फत उद्धार उडान

नेपालगाथा २०७८ बैशाख ३१ गते शुक्रबार १२:३५:३३ मा प्रकाशित

चितवन। निषेधाज्ञा लागू भएपछि कोभिड-१९ का बिरामीको हेलिकोप्टरमार्फत ११ उद्धार उडान भएकाे  छ । वैशाख २४ गतेदेखि हालसम्म ११ वटा  देशका विभिन्न स्थानबाट गम्भिर विरामीहरुको उद्धार उडान भएकाे हो । नागरिक उड्डयन कार्यालय भरतपुरका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार सबै उडानमा विभिन्न जिल्लाबाट कोरोना सङ्क्रमितलाई उपचारका लागि यहाँ ल्याइएको हो । शर्माका अनुसार आज दाङको घोराई, गुल्मी र नेपालगञ्जबाट तीनवटा उद्धार उडान भएका छन् ।

यस्तै बुधबार गुल्मी, धनगढी र एउटा नेपाली सेनाको उद्धार उडान भएको थियो । यही वैशाख २८ गते काठमाडौँ र दाङ, वैशाख २७ गते काठमाडौँ र गुल्मीको तम्घास तथा २५ गते काठमाडौँबाट उद्धार उडान भएको शर्माले जानकारी दिए । जिल्लामा वैशाख १६ गते रातिदेखि निषेधाज्ञा जारी गरिएको छ । यही वैशाख २० गतेसम्म आन्तरिक हवाई उडान भएका थिए ।

काठमाडौँलगायत मुख्य शहरी क्षेत्रमा सङ्क्रमितको उपचारका लागि श्यया खाली नभएपछि एम्बुलेन्स र हेलिकोप्टरबाट यहाँ सङ्क्रमित ल्याउने गरिएको छ । बाहिरी जिल्लाबाट ल्याइने सङ्क्रमित अधिकांश चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचारका लागि पुगाउने गरिन्छ । रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top