ट्रेण्डिङ

होमपेज / समाज

मिथिला विहारी नगरपालिका -५ का वडाअध्यक्षको निधन

नेपालगाथा २०७८ बैशाख ३१ गते शुक्रबार १२:१८:०६ मा प्रकाशित

जनकपुरधाम । धनुषा मिथिला विहारी नगरपालिका -५ का वडाअध्यक्ष विनोद कुमार मण्डलको मृत्यु भएको छ । ४५ वर्षिय वडाअध्यक्ष मण्डल विगत ६/७ दिनदेखि ज्वरो र रुघाखोकी लागेपछि होम आइसोलेसनमा बसेका थिए । स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि जनकपुरस्थित चन्द्रकला अस्पतालमा उनलाई ल्याइएको थियो । तर उपचारकै क्रममा मध्यरातमा निधन भएको स्थानीय दिपन ठाकुरले बताए ।

उनका अनुसार कोरोनाबाटै वडाध्यक्ष मण्डलको निधन भएको आशंका छ । तर पुष्टि भने भएको छैन । पीसीआर परीक्षण पनि गराएको थिएन । उनी तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)बाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top