होमपेज / समाज
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशका इन्चार्ज तथा प्रदेश सभा सदस्य यामलाल कंडेलले विश्व नै कोरोना महामारीले आक्रान्त भइरहेको बेला जीवन रक्षामा लाग्न प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ ।
कोरोना महामारीका समयमा सामाजिक सञ्जालमार्फत एक अपिल सार्वजनिक गर्दै नेता कंडेललले प्रदेश सरकारको ध्यान कोभिड नियन्त्रणमा केन्द्रित गर्न र स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेकाले प्रदेश सभाको बैठक स्थगित गरिएको भए पनि प्रदेश सरकारको ध्यान अन्तै मोडिनु दुखद् भएको बताउनुभएको छ ।
परिस्थिति दिनप्रतिदिन बिकराल बन्दै गइरहेको बेला प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणमा सक्रिय भएर लाग्नुको सट्टा सरकार पुनरगर्ठन तर्फ लागेकोमा आपत्ती प्रकट गर्नुभएको छ ।
‘सरकार पुनगर्ठन नियमित प्रक्रिया भए पनि व्यक्तिको व्यवस्थापनलाई आधार बनाएर दीर्घकालिन असर पर्ने गरी संरचना बढाउँदै सरकार पुनर्गठन गर्नु दुखद् कुरा हो,’ अपिलमा उल्लेख गरिएको छ । यस्ता गतिविधिले समाजमा सकारात्मक प्रभाव पार्ने भन्दा पनि आक्रोश र निराशा बढाउने हुँदा महामारीको यस अवस्थामा सामुहिक रुपले जुट्न नेता कंडेलले आह्वान गर्नुभएको छ ।