होमपेज / समाज
काठमाडौँ। बाँकेमा कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट भेरी अस्पतालमा सात र नेपालगञ्ज मेडिकल कलेजमा पाँच जना गरी १२ जनाको मृत्यु भएको बाँकेका कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।
उनका अनुसार बर्दियाको गुलरिया नगरपालिका–९ की ४७ वर्षीया महिला, मधुवन–६ का ५५ वर्षीय पुरुष र बढैयातालका ६५ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।