ट्रेण्डिङ

होमपेज / समाज

कोरोना संक्रमणविरुद्ध जुटे डोल्पामा कार्यरत कर्मचारी

नेपालगाथा २०७८ बैशाख २९ गते बुधबार ०९:११:०२ मा प्रकाशित

कर्णाली । दोस्रो लहरको नयाँ भेरियन्टसहितको कोरोना संक्रमणविरुद्ध डोल्पामा कार्यरत कर्मचारी जुटेका छन् । जुम्ला घर भई डोल्पाका विभिन्न सरकारी निकायमा कार्यरत कर्मचारी तथा व्यवसायीले कोरोना संक्रमणसँग जुध्न मंगलवार विपद् व्यवस्थापन समिति गठन गरेका छन् । जुम्ला निवासी कृषि विकास बैंक डोल्पाका शाखा प्रबन्धक गोर्खबहादुर बुढ्थापाका संयोजकत्वमा ११ सदस्य विपद् समिति गठन गरिएको छ ।

समितिले कर्मचारी तथा व्यवसायीबाट प्रतिव्यक्ति रु पाँच हजार संकलन गर्ने र कोभिडको सम्भावित विपद् व्यवस्थापनमा खर्च गर्ने निर्णय गरेको संयोजक बुढ्थापाले जानकारी दिए । बुढ्थापाले भने, ‘कोभिड संक्रमित भइहाले बिरामीलाई तल लैजान डोल्पामा हेलिकप्टरको विकल्प छैन । त्यसैले रु दुईतीन लाख जम्मा हुने गरी कोष खडा गरेका छौंँ । यो महामारीमा पूर्वतयारी नगरे जो कोहीको ज्यान जान सक्छ ।’

पत्रकार महासंघ जुम्लाको आफ्नै आइसोलेशन
नेपाल पत्रकार महासंघ जुम्लाले पाँच शय्याको आइसोलेशन तयार गरेको छ । कर्णालीको अवस्था भयावह बन्दै गएपछि पत्रकारलाई सम्भावित खतराबाट जोगाउन पूर्वतयारीस्वरुप महासंघले आइसोलेशन तयार गरेको अध्यक्ष नेत्रबहादुर शाहीले जानकारी दिए । रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top