ट्रेण्डिङ

होमपेज / समाज

२४ घण्टामा ९,४८३ जनामा संक्रमण, २२५ जनाको मृत्यु 

नेपालगाथा २०७८ बैशाख २८ गते मंगलबार १९:३५:३३ मा प्रकाशित

काठमाडौँ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९४८३ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top