ट्रेण्डिङ

होमपेज / समाज

उपत्यकामा विहान १० बजेसम्म उपभोग्य वस्तुको पसल खोल्न पाइने

नेपालगाथा २०७८ बैशाख २८ गते मंगलबार १४:५५:०२ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा अब विहान १० बजेसम्म उपभोग्य वस्तुको पसल खोल्न पाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपभोग्य वस्तुको पसल १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको हो । ‘आम नागरिकले भौतिक दूरी काम गरेर किनमेल गर्ने गरी विहान १० बजेसम्म पसल सञ्चालन गर्न दिने निर्णय भएको छ’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने ।

यसअघि वैशाख २२ गतेदेखि २९ गतेसम्म विहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी निषेधाज्ञाको आदेश जारी गरिएको थियो । मंगलबार बसेको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा थप गरेकोछ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top