होमपेज / समाज
काठमाडौं । काठमाडाैं उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्ने निर्णय भएको छ। मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु बसेको बैठकले थप्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।
निषेधाज्ञा कडाई गर्न विभिन्न क्षेत्रमा रोक लगाएको जानकारी दिँदै उनले केही बेरपछि ती निर्णय सार्वजनिक गरिने बताए। बैठकमा कोरोना संक्रमणका कारण ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला भने सहभागी भएका थिएनन्। निषेधाज्ञा वैशाख १६ गतेबाट जारी थियो।अब दुई साता थप भएपछि निषेधाज्ञा जेठ १३ गतेसम्म लम्बिएको छ।