ट्रेण्डिङ

होमपेज / समाज

आगामी जेठ २ देखि काठमाडौंमा चिनियाँ खोप भेरोसेल लगाउन दोेस्रो चरणको अभियान सुरु हुने

नेपालगाथा २०७८ बैशाख २७ गते सोमबार १६:४१:३९ मा प्रकाशित

काठमाडौं । आगामी जेठ २ देखि काठमाडौंमा चिनियाँ खोप भेरोसेल लगाउन दोेस्रो चरणको अभियान सुरु हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले खोप संचालनका सम्बन्धमा सबै वडा कार्यालयमा एक साताका लागि निश्चित समय तोकी अभियान चलाउने निर्णय गरेको हो ।

डीसीसीएमसी काठमाडौंको आज बसेको बैठकले निषेधाज्ञाको पालना गर्दै खोप लगाउन दिने निर्णय गरेको हो । भीडभाड नगरी खोप लगाउन आग्रह गर्दै प्रशासनले सम्बन्धित निकायलाई पत्र लेखेर पठाउने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top