ट्रेण्डिङ

होमपेज / समाज

आज प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदै

नेपालगाथा २०७८ बैशाख २७ गते सोमबार ०८:१४:३२ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै छन् । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् । आज सांसदहरूले विश्वासको मतको पक्ष र विपक्षमा मतदान गर्ने छन् । एमालेले ह्विप जारी गर्दै सांसदहरूलाई विश्वासको मतको पक्षमा मतदान गर्न भनेको छ । तर सत्तापक्षकै नेपाल–खनाल समूहले भने सोमबार बिहान नौ बजेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूहरूका माग पूरा नभए सामूहिक राजीनामा दिने भन्दै पत्र लेखेका छन् ।

यसै गरी प्रतिपक्षी नेपाली काँग्रेसले पनि विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेको छ । माओवादी केन्द्रले पनि सरकारको समर्थन फिर्ता लिइसकेको छ । जसपाले पनि विश्वासको मत नदिने भनिसकेकोले प्रधानमन्त्री ओलीलाई विश्वासको मत जुटाउन चुनौतीपूर्ण देखिएको छ । प्रधानमन्त्री ओलीलाई विश्वासको मत पाउन १३६ मत चाहिन्छ । एमालेका १२१ सांसद छन् ।

नेपाल खनाल समूहले राजीनामा दिने भनेपछि ती पनि घट्ने सम्भावना छ । माओवादी केन्द्रका ४२, काँग्रेसका ६१ र जसपाका ३२ सांसद छन् । यदि विश्वासको मत लिँदा पक्षमा बहुमत भए ओलीले प्रधानमन्त्रीमा निरन्तरता पाउँछन् । उनको पक्षमा बहुमत सांसदले भोट नगरे  प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ । यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top