ट्रेण्डिङ

होमपेज / समाज

आफूसँग भएका अक्सिजन सिलिन्डर सरकारलाई उपलब्ध गराउने घोषणा

क्रसर उद्योगी, जलविद्युत उत्पादक र ग्रिल व्यवसायी

नेपालगाथा २०७८ बैशाख २६ गते आइतबार १३:०६:४८ मा प्रकाशित

काठमाडौँ । क्रसर उद्योगी, जलविद्युत उत्पादक र ग्रिल व्यवसायीले आफूसँग भएका अक्सिजन सिलिन्डर सरकारलाई उपलब्ध गराउने घोषणा गरेका छन् । कोभिड–१९को महामारी बढ्दै जाँदा अक्सिजन अभावकै कारण कैयू व्यक्तिले ज्यान नै गुमाउन थाले पनि उद्योगी/व्यवसायीले घोषणा गरेर नै अक्सिजन सिलिन्डर सरकारलाई दिन सुरु गरेका हुन् ।

नेपाल क्रसर तथा खानी उद्योग महासङ्घले एक अपिल सार्वजनिक गर्दै राष्ट्रिय विपद्को यो समयमा आफ्नो उद्योगसँग रहेका सबै अक्सिजन सिलिन्डर स्थानीय सरकारमार्फत नेपाल सरकारलाई उपलब्ध गराउन आह्वान गरेको छ । महासङ्घले आफ्नो जिल्ला तथा प्रदेश सङ्घमा रेकर्ड राखेर सबै उद्योगमा रहेका खाली तथा अक्सिजन भरिएका सिलिन्डर सरकारलाई उपलब्ध गराउन उद्योगीहरूलाई आह्वान गरेको छ । कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै भएको अक्सिजन अभावप्रति महासङ्घको ध्यानाकर्षण भएको महासचिव पुरुषोत्तम रेग्मीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top