ट्रेण्डिङ

होमपेज / समाज

दोलखाको भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’

नेपालगाथा २०७८ बैशाख २५ गते शनिबार १५:५७:५२ मा प्रकाशित

काठमाडौं ।  शनिबार दिउँसो १ बजेतिर दोलखाको भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ । शिलामा ‘पसिना’ आएको मन्दिर व्यवस्थापन समितिका एक अधिकारीले जानकारी दिए ।

भीमेश्वरलाई ‘पसिना’ आउँदा देशमा अत्यन्त अनिष्ट वा शुभ हुन्छ भन्ने धार्मिक मान्यता रही आएको छ।भीमेश्वर मन्दिरको शिलामा पसिना आउँदा राष्ट्रप्रमुखसमक्ष महाप्रसाद पठाउने चलन छ।

मन्दिरमा पसिना आएको भन्दै मन्दिर व्यवस्थापनले स्थानीय प्रशासनलाई जानकारी गराएपछि सीडीओसहित जिल्ला सुरक्षा समितिका सबै अधिकारी मन्दिरमा पुगेका छन् । शिलामा पसिना आएसँगै प्रचलित परम्पराअनुसार मन्दिरका पुजारी तथा गुठियारहरुले पूजा पाठ गर्ने प्रचलन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top