होमपेज / समाज
सिमकोट । समुदाय स्तथररमा संक्रमणक फैलिएको हिमाली जिल्ला हुम्लामा थप २ जनामा संक्रमण पुष्टी भएको छ । बिहिबार साँझ एक किशशोरीमा संक्रमण पुष्टी भएपछि कन्ट्रायक ट्रेसिङका आधारमा गरिएको परिक्षणमा आज थप दुई जनामा संक्रमण पुष्टि भएपछि जिल्लामा कूल संक्रमितको संख्या ११ पुगेको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी भक्ती फडेराले जानकारी दिए ।
केही दिन अघि जिल्ला बाहिरबाट आएकाहरुमा देखिएको संक्रमण अब समुदाय स्तरमा फैलिएको बताएका फडेराका अनुसार आज संक्रमण पुष्टी हुनेमा दुई जना पुरुष छन् । जिल्लाको जनगणना कार्यालयमा कार्यरत एक जना कर्मचारी र एलीस होटेलको एक जना कर्मचारीमा आज संक्रमण पुष्टि भएको छ’, सूचना अधिकारी फडेराले भने, अब सचेत नहुने हो भने हुम्ला जिल्लामा संक्रमणको अवस्था निकै डरलाग्दो गरेर फैलिएको देखिन्छ ।
जनगणना कार्यालयमा कार्यरत १९ वर्षिय किशोरीमा देखिएको संक्रणका आधारमा कन्ट्रयाक ट्रेसिङ गर्दा आज अर्को कर्मचारी र कार्यालयमा चिया लिने र लैजाने गरेका एलिस होटेलका एक कर्मचारीमा संक्रमण पुष्टी भएको हो । आज संक्रमित दुई जनामध्ये एक जनामा लक्षण सहितको संक्रमण देखिएको छ भने अर्को एकजनामा खासै कुनै लक्षण नदिेखिएको बताइएको छ ।
कोरोना संक्रमणको हटस्पटका रुपमा रहेको बाँकेको नेपालगञ्ज र सुर्खेत देखि हवाई मार्ग भएर आएकाबाट कार्यालयमा कार्यरत किशोरीमा सरेको र उनिबाट अन्यमा दुई जनमा सरेको हुनसक्ने अनुमान जिल्ला अस्पताल हुम्लाका डा. टसी लामाले गरे । ‘संक्रमण अब समुदाय स्तरमै गएको देखियो’ लामाले नेपालवोटसँग भने, परिक्षण किटको अभावले कम देखिएपनि संक्रमणको दर हुम्लामा समेत निकै उच्च देखिएको छ ।’
सुर्खेत र नेपालगञ्जाट आएका ३८ जनाको सोमबार एन्टीजेन परिक्षण गर्दा ८ जनामा संक्रमण पुष्टी भएको थियो ।