होमपेज / समाज
काठमाडौं । आज गण्डकी तथा प्रदेश १ का केही स्थानमा भारी वर्षा हुन सक्ने जानकारी मौसम पूर्वानुमान महाशाखाले दिएको छ ।
महाशाखाले अन्य केही स्थानमा वर्षा हुने जनाएको छ । आज दिउँसो देशभर बदली रही केही स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षा हुने छ । राति पनि केही स्थानमा वर्षा हुने सम्भावना छ ।हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भू-भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ ।
भोलि देशभर बदली रही पहाडी भू-भागका केही स्थानमा वर्षा हुने सक्ने छ ।