ट्रेण्डिङ

होमपेज / समाज

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानहरु बन्द

नेपालगाथा २०७८ बैशाख २४ गते शुक्रबार ०७:१७:४२ मा प्रकाशित

काठमाडौं ।आजदेखि देशको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानहरु बन्द गरिएको छ ।  कोरोना भाइरसको नयाँ भेरियन्ट फैलँदा महामारीको रुप लिइरहेका बेला सरकारी निर्णयअनुसार अन्तर्राष्ट्रिय उडानहरु बन्द गरिएको हो।

आन्तरिक उडानहरु बैशाख २० गतेदेखि नै बन्द भइसकेको छ ।बैशाख १९ गते बसेको मन्त्रिपरिषद बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसअनुसार आन्तरिक र बाह्य उडान बन्द गर्ने निर्णय गरेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top