होमपेज / समाज
काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा हालसम्मकै बसै भन्दा बढी कोरोना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८ हजार ९७० र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।२० हजार ३६७ जनाको पीसीआर र ७७५ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप ५४ संक्रमितको मृत्यु भएको छ ।