होमपेज / समाज
काठमाडौं । विराटनगरमा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । विराटनगरस्थित कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा चार, नोबेल मेडिकल कलेजमा दुई र न्यूरो अस्पतालमा एक जनाको मृत्यु भएको हो ।
कोभिड–१९ उपचार केन्द्रमा विराटनगर–१० का ५७ वर्षीय पुरुष, विराटनगर–१३ का ५० वर्षीय, जहदा गाउँपालिका–५ का २५ वर्षीय युवक र सुनसरीको कोशी गाउँपालिका–४ का ६५ वर्षीय वृद्धको बिहीबार मृत्यु भएको छ ।उपचार केन्द्रका संयोजक बैजनाथ साहका अनुसार स्वास्थ्य अवस्था गम्भीर रहेका चारै जनाको उपचारको क्रममा मृत्यु भएको बताए ।
त्यस्तै, विराटनगरको नोबेल शिक्षण अस्पतालमा विराटनगर- ५, कोचाखालकी ३७ वर्षीया महिला र विराटनगर महानगरपालिका-१९ का ६४ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।