ट्रेण्डिङ

होमपेज / समाज

चार मन्त्रीलाई कोरोना संक्रमण

नेपालगाथा २०७८ बैशाख २३ गते बिहीबार १४:५१:५८ मा प्रकाशित

काठमाडौं । पछिल्लो समय कोरोना आमसर्वसाधारमा मात्रै नभई स्वास्थ्यकर्मी,सांसद हुँदै सरकारका मन्त्रीहरूमा पनि देखिन थालेको छ । पछिल्लो पटक गरिएको पीसीआर परीक्षणमा

पर्यटनमन्त्री भानुभक्त ढकाल, उर्जामन्त्री टोप बहादुर रायमाझी, खानेपानी मन्त्री मणि थापा र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महत्तोलाई कोरोना संक्रमण भएको छ।

बुधबार सांसद लगायत १ सय २८ जनाको स्वाब संकलन गरिएकोमा चार जना सांसदलाई पनि कोरोना संक्रमण देखिएको थियो । लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरीमा संक्रमण पुष्टि भएको छ। केहीको रिपोर्ट अझै आउन बाँकी रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top