होमपेज / समाज
काठमाडौँ । काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले राजधानीका केएमसी र ह्याम्स हस्पिटलका सिइओलाई स्ष्टीकरण सोधेका छन् । कोभिडका बिरामीसँग सरकारले तोकेको मापदण्डभन्दा निकै बढी रकम असुलेको उजुरी परेपछि काठमाडौंको प्रमुख जिल्ला अधिकारीले स्ष्टीकरण सोधेका हुन।
लिखित जवाफसहित हाजिर हुन सीडीओ कालीप्रसाद पराजुलीले दुवै अस्पतालका सिइओलाई जिल्ला प्रशासन कार्यालय बोलाएर बिहीबार निर्देशन दिएका छन् ।
सामाजिक सञ्जालमा दुवै अस्पतालले कोभिड बिरामीसँग बेडको निकै धेरै रकम उठाउने गरेको सूचना फैलिएको थियो। ‘यस्तो विषम परिस्थितिमा सरकारले तोकेको मापदण्डभन्दा बढी असुलेको पाइएमा हामी हदैसम्म निर्मम भएर कारबाही गर्नेछौं,’ सीडीओ पराजुलीले भने ।