ट्रेण्डिङ

होमपेज / समाज

अन्तर्राष्ट्रिय हवाइ उडान आजदेखि बन्द

नेपालगाथा २०७८ बैशाख २३ गते बिहीबार ०८:३१:२७ मा प्रकाशित

काठमाडौं । अन्तर्राष्ट्रिय हवाइ उडान आजदेखि बन्द हुने भएको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले आज राति १२ बजेदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो।  वैशाख १९ गते बसेको मन्त्रिपरिषद बैठकले आजदेखि बैशाख मसान्तसम्म सबै अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय गरेको थियो। 

आन्तरिक उडान भने बैशाख २१ गते राति देखि नै रोकिएका छन्। अत्यावश्यक पर्दा आन्तरिक तथा बाह्‍य चार्टर उडान हुने भएको छ। हिजो मात्रै आन्तरिकतर्फ दुई जहाज कम्पनी तथा १० हेलिकप्टर कम्पनीले ४१ उद्धार उडान गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top