ट्रेण्डिङ

होमपेज / समाज

कोभिड-१९ महामारी नियन्त्रण, रोकथाम र उपचार गर्न सरकारले चालेका कदमलाई सहयोग गर्न देशवासीलाई आग्रह

नेपालगाथा २०७८ बैशाख २० गते सोमबार १६:२६:२६ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ महामारी नियन्त्रण, रोकथाम र उपचार गर्न सरकारले चालेका कदमलाई सहयोग गर्न देशवासीलाई आग्रह गरेका छन् । राष्ट्रको नाममा सम्बोधन गर्दै ओलीले  कोरोनाको लहर फैलिन नदिने लकडाउन नै विकल्प रहेको सुझाव विज्ञहरूको रहेकाले सरकारले लकडाउनलाई थप कडा बनाउन लागेको बताएका हुन् ।

कोभिड संकटसँग जुध्ने अभियानमा नेपाललाई सहयोग गर्न प्रधानमन्त्रीले अन्तराष्ट्रिय समुदायसँग अपिल पनि गरेका छन ।अहिले लागु गरिएको निषेधाज्ञालाई कडाइ गरिने बताउँदै प्रधानमन्त्रीले निषेधाज्ञाको कारण कसैलाई भोकै हुन नदिनेमा सरकार सचेत रहेको समेत उनले बताए ।

'लकडाउन नै कोरोना संक्रमणको चेन रोक्ने उत्तम विकल्‍प रहेको सुझाव विज्ञहरूले दिएकाले सरकारले लकडाउनलाई थप कडा बनाउन लागेको हो,' उनले भने । कुनै पनि नागरिकलाई लकडाउनको असर पुग्न नदिन सरकार सचेत रहेको उनले बताए । दोस्रो लहर नियन्त्रणका निम्ति सरकार लागि परिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top