ट्रेण्डिङ

होमपेज / समाज

रुपन्देहीमा १२ घन्टाको अन्तरमा १२ जना संक्रमितको मृत्यु

नेपालगाथा २०७८ बैशाख २० गते सोमबार १६:२०:३० मा प्रकाशित

रूपन्देही । रुपन्देहीमा १२ घन्टाको अन्तरमा १२ जना संक्रमितको मृत्यु भएको छ।भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा ६ र बुटवलस्थित कोरोना विशेष अस्पतालमा ६ जनाको मृत्यु भएको हो।

भैरहवास्थित युनिसर्भसल मेडिकल कलेज भैरहवामा पनि ३ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको मेडिकल कलेजका सूूचना अधिकारी सुशिल गुरुङले जानकारी दिए।

रुपन्देहीमा सोमबारसम्म ३ हजार ३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। योसँगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११७ पुुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top